नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १९ गते।

नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा खादुनावारी गाविस–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस–२ बस्ने बुद्दीमान खाती रहेको प्रहरीले जनाएको छ ।

विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

उनका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँयारबाँया जुत्तामा रहेको २–२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको दाँया­–बाँया जुत्ताको तलुवामा रहेको १–१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।

यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए ।

सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *