आज थपिए १,०८९ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ६९ हजार २७१पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २० गते।

आज पछिल्लो २४ घण्टामा गरिएको पछिल्लो परीक्षणमा थप १,०८९ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ६९ हजार २७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म निको हुनेको संख्या ७ लाख २७ हजार १८५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *