अफगानिस्तानको ध्वजावाहक विमान द्धारा आन्तरिक उडान पुनः सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २१ गते।

तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको छ । 

अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ । 

अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद शहरमा सारेको समाचारमा जनाइएको छ ।  तालिबानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्कापछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न रोकेका थिए । 

सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दत गर्न तयार छ ।  मानवीय सहायता लिएर संयुक्त अरब इमिरेट्सबाट ओहदाका अधिकारीहरू र अर्को विमान बोकेको कतारी विमान केही दिनअघि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *