सङ्घीय संसद्को १०औं अधिवेशन आजदेखि सुरु हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।

सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार आजको लागि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान गर्नुभएको थियो । सो अनुसार आज अपरान्ह ४ बजे दुवै सदनको बैठक बस्दैछ ।

संसदको यही अधिवेशनबाट अघिल्लो सरकाले ल्याएको बजेट विस्थापन गर्न विधेयक ल्याउने आंकलन गरिएको छ । साथै संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि संसदको कार्यसूचीमा रहेका छन्।

सरकारले गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य गरेको थियो। त्यसअघि सरकारले दल सम्बन्धि अध्यादेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *