अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,भदौ २५ गते।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले सरकारी कागज छाप दस्तखत किर्ते मुदाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ बस्ने ४८ वर्षीय मदन मिश्रा रहेका छन । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मिश्रलाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ को मिति २०७५ /०५/१५ गरेको फैसलाले मिश्रलाई १ वर्ष कैद र १ ,२५००००० ( एक करोड पच्चीस लाख ) जरिवाना तोकिएकोमा हलसम्म फरार रहेको हुँदा मिश्रलाई गाउँघरमा बस्दै आएको सूचनाको आधारमा मिति २०७८ /०५ /२४ गते बेलुका १८:०० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका मिश्रलाई आजै सम्मानित पर्सा जिल्ला अदालत बुझाइने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।