तत्काल भारी वर्षाको सम्भावना छैन: मौसम पूर्वानुमान महाशाखा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २६ गते।

हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल भारी वर्षाको सम्भावना छैन।

दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *