अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २६ गते।
इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी ४४ जनाको मुत्यु भएको छ ।
इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो ।
बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो । आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ । अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ । सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ ।
आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको छ ।