सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,भदौ २६ गते।

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६:१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको  उत्तर काशीक्षेत्र आसपास रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *