संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ २६ गते।

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन्। सुरुदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। उनले नै हत्या गरेको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ।

आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।

हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने बताइएको छ ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *