अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २६ गते।
सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढीमाई नपा १ बाखैरकी ३५ वर्षीय उषा देवी मलाह छन् ।
उनीहरूले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीको भनाइ छ । लहान आइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरूलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।