अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ६५ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ७ लाख ४० हजार ७१७जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।