तालिबान सरकारले शिक्षामा महिलाहरुलाई प्रतिबन्ध नलगाउने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २८ गते।

तालिबान सरकारले शिक्षामा महिलाहरुलाई प्रतिबन्ध नलगाउने भएको छ । तर यसका लागि केही कठोर प्रावधान भने राखिएको छ ।

उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्।

त्यहाँका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याउन र इस्लामी ड्रेस कोड लागू गर्न भनिएको छ ।

तालिबानको यो शिक्षा नीतिले पत्यक्ष नभए पनि परोक्ष रुपमा महिलाहरु भने शिक्षाबाट वन्चित नै हुनसक्ने विश्लेषण भइरहेका छन् । एक त विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलगअलग राखेर पढाउन, कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन हुने छैन । अर्कोतिर यस नीतिले महिला तथा पुरुषबीच स्पष्ट विभेद सृजना गर्ने भएकाले शिक्षामा प्रभावकारीता नहुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *