अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,भदौ २८ गते।
पाँच लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेको हो ।
टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएको पाइएको प्रहरीको दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।