नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

दशैंका लागि नेपाल राष्ट्र बैंकले असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकका प्रवक्ताले जानकारी दिनुभयो ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

प्रवक्ताले प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *