अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।
असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।
यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
दशैंमा उत्पयका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको सूचना अधिकारी भुसालले बताउनुभयो । त्यस्तै अब एक–दुई दिनमा दोस्रो चरणको हुने उहाँले बताउनुभयो ।
‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीहरुले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय गर्छौं,’ उहाँले भन्नुभयो,‘तर, यति गतेबाटै बुकिङ खुल्ला गर्ने भन्ने निर्णय भएको छैन । हामी यहि शुक्रबारसम्म बुकिङ शुरु हुने मिति टुङ्गो लगाउछौं ।’
दशैंको मौका छोपी सार्वजनिक सवारीले बढी भाडा लिने गरेको छ । त्यसलाई रोक्न र सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने गरिएको छ ।