आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ। 

खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे अल अमिरत क्रिकेट रंगशालामा सुरू हुनेछ।

लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। 

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। 

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। 

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। 

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *