नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता,भदौ २९ गते।

नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षकका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *