लिपनी बिर्तामा नारायणी सेन्ट्रल हस्पिटल द्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,भदौ २९ गते।

वीरगंज महानगरपालिका स्थिति बिर्तामा रहेको नारायणी सेन्ट्रल हस्पिटलको  आयोजनामा निशुल्क स्वास्थ शिबिर समपन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २१ लिपनी बिर्तामा नारायणी सेन्टर हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  शिविरमा करिव पाँचसय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका प्रबन्ध निर्देशक अजय गुप्ताले जानकारी दिनुभयो ।

शिविरमा बरिष्ठ फिजिसिएन डा.अभिषेक सिंह,गाईनोक्लोजिस्ट डा. खुश्वु अग्रवाल,अर्थोपेडिक सर्जन डा. अजय यादव, सर्जन गोरखनाथ मिश्र र पुजा चौरसियाको टिमले चेकजाँच गरेको गुप्ताले बताए । शिविरमा  चेकजाँच गरिएको बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको गुप्ताले बताए ।

शिविरमा अस्पतालका प्रकाश सिलवाल ,वडा अध्यक्षलगायत जनप्रतिनिधि र स्थानियहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *