अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,भदौ २८ गते।
पर्सा प्रहरीले करिब २ करोड ५० लाखको अवैध सामानहरु बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक बर्षको श्रावण महिनामा १ करोड ३८ लाख ६२ हजार ८ सय ८३ रुपैया बराबरको अवैध सामान पक्राउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको छ भन्ने भाद्र महिनामा १ करोड १७ लाख ६९ हजार २ सय ६८ रुपैया बराबरको अवैध भन्सार छलिका सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताएका छन्।

त्यसै गरि प्रहरीले हुण्डी कारोबारमा संगलन रहेका ५ जना मानिस सहित स्रोत नखुलेको २४ लाख ६८ हजार ६ सय २० रुपैया बरामद गरि राजशव अनुसन्धान कार्यलय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक पाण्डे जनाएका छन्।

त्यसै गरि प्रहरीले चालु आर्थिक बर्ष ७८/७९मा फरार प्रतिबादी २५ जना र कैद १९ बर्ष २ महिना २५ दिन र फरार कसूरदार १८ जना गरि कुल ४३ जना फरार प्रतिबादीहरु सित १ करोड ५१ लाख ५१ हजार ७ सय १८ रुपैया असुली गरेको पर्सा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो।