भदौ ३० गतेबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा भदौ ३० गतेबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।

सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका  लागि स्थगित भएको छ।

समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्रीले जानकारी दिए। 

आजको संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताए। 

सो अवसरमा शर्माले भने ‘विधेयक पारित गर्नका लागि केही समय ग्याप रह्यो भने सरकारी खर्च रोकिन पनि सक्छ, खर्च रोकिए पनि कर उठ्छ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *