गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।

असोज १ गतेबाट गुण एयरलाइन्सले आफ्नो नियमित उडान शुरूवात गर्ने भएको छ ।

आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

असोज १ देखि आन्तरिक हवाइ सेवा सुचारु गर्ने र यसको लागि टिकट बुकिङ समेत खुलिसकेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुखले जानकारी दिए ।

उनका अनुसार सुरुवातमा काठमाडौबाट पोखरा र भरतपुरमा जहाज उड्नेछ । त्यसको केही दिनपछी सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरमा उडान बिस्तार गर्ने तयारी कम्पनीले गरेको छ ।

बडादशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिने तयारीमा रहेको प्रमुखले बताए । कम्पनीले प्रतिस्पर्धी मूल्यमा टिकट बेच्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *