आज थपिए १ हजार ५६२ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ६६ हजार ९०५पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २९ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ५६२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ६६ हजार ९०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६  जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *