ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको आरोपी शांन्ति यादव

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ ३१ गते। 

समाजिक संजाल र विभिन्न समाचार माध्यमहरुमा प्रकाशित / प्रसारित ठगी सम्बन्धि  भाईरल भिडियो र समाचारमा सत्यता नरहेको लहान – ४ का  रामशंकर यादव ( पहलमान ) ले बताउनु भएको छ ।

 वुधवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले भने -मैले स्वस्थ्य समाज निर्माण गर्नको लागि ईमान्दारी पुर्वक जिमखाना संचालन गरिरहेको छु , सो खानालाई बदनाम गर्न गलत नियतिले  कुनै ब्यक्तिले / म र मेरो सम्पुर्ण  परिवारहरु माथी यस्तो खाले झुठा आरोप लगाएको बताए ।

यादवले सिरहाको लहान नगरपालिका वडा नम्बर – ४ मा डिएक्स एन प्रोडक्टका दवाई , र जिमखाना ( जिमक्लव)  बैध तरिकाले  संचालन गर्दै आईरहेको छ । 

म कसैबाट मैले पैसा लिएको छैन् , मेरो नाममा सम्पुर्ण  पैसा लहान – २४ बस्तिपुर गोविन्दपुर बस्ने राजलाल साहले उठाएको छ ,राजलाल साह लगायत उनकि  आमा टुनटुन देवी साह र  साहको  सम्धिनी  ( नरगी) कि ललिता साहले म माथी लाखौ ठगि गरेको जुन आरोप लगाएको छ ,  त्यो सबै झुठो हो यादवले दावी गरे ।

साहको छोरा , छोरी,  बहिनी भान्जा लगायत सम्पुर्ण परिवारले  डि .एक्स .एनको प्रोड्क्टको दवाई खान्थ्यो ।` म सोझो मान्छे´साहलेपैसा आज नत्र भोलि  दिई हाल्छ भनेर करिब १ लाख ३५ हजारको औषधि उधारो दिए ,  पैसा तिर्न नसकेर उनहरुले म माथी उल्टै यी झुठो आरोपहरु लगाएको पहलमान यादवको भनाई छ ।

लहान – १० कि मैनादेवी राम संग राजलाल साहले मेरो नाममा  १ लाख २० हजार रुपैया उठएको छ, म संग उक्त कुरोको  प्रमाण छ (पहलमान) यादवले दावी गरे ।

साहले आफ्नै सम्धिनी (नरगी) कि ललिता साह संग ४० हजार /६० हजार गरी  जम्मा १ लाख रुपैयाँ  उठाएको छ र  उक्त  आरोप पनि भाईरल भिडियोमा म माथी थुपारेको छ ,  ` यदवले पत्रकार सम्मेलनमा भने ।

राजलाल साह कि आमा टुनटुन देवि साह दम / छाला ( गर्मी )रोगबाट ग्रसित थियो, केही महिना अगाडी आमालाई लिएर  म कहाँ उपचार गर्न आयो,  मैले सो रोगलाई निको पार्न डि .एक्स. एन. प्रोडक्टको दवाई दिन थाले , केही दिन पछि दवाईको असरले उनी निको हुन थाल्यो ,बिश्वास भएर साहको सम्पुर्ण परिवारले डि .एक्स .एनको औषधी खान थाल्यो , मलाई साहले पैसा नदिने तर दवाईको पैसा उसले आफै उठाउने , पछि मैले सो कुरो थाहा पाए र  पैसा मलाई देउ भनेर भन्दा आज दिन्छु भोलि दिन्छु भन्दै टाल्दै गयो , पहलमान यादवले पत्रकार सम्मेलनमा कुरो राखे  ।

( गाडी ) ट्रायक्टरको पैसा  लगायत जुन १ लाख लगायतको पैसा  पहलमानलाई दिएको छु  भिडियो भाईरल गरेको छ उक्त कुरो  सबै षड्यन्त्र हो ।

म आज सम्म कसैलाई ठगेको छैन , म नेपाल सरकारले जुन दवाईको दर रेट निर्धारण गरेको छ , सेल गरे बापत उक्त रकम मात्र लिने गरेको छु उनले बताए । मैले आज सम्म  कसैबाट अबैधानिक तरिकाले  पैसा असुली गरेको छैन् ( पहलमान ).यदवले दावी गरेका छन् ।

क्यान्सर पीडित लहान –  २३ कि अमिरका गिरीले २ लाख ६० हजारको दवाई  उधारो लिएको छ । साहले  पैसा बाकी  रहेका  सबैलाई उस्काएर  पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्या गर्न खोजिएको  (पहलमान) यादवले बताए ।

उनले भने -मलाई ठग भनेर चरीत्र हत्या गर्ने खालका  भाईरल भिडियो र समाचारमा कुनै प्रकारको  सत्यता छैन् ।

सबै कुरो झुठो हो पैसा तिर्न नसकेर बैईमानी गर्ने  नियतले साहले उक्त सम्मेलन गराएको यादवको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *