हुण्डी कारोबार गर्ने २ व्यक्ति ३८ लाख रुपैयाँसहित पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,भदौ ३१ गते।

वीरगंज महानगरपालिकाबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित  प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफ रहेको प्रहरीले जनाएको छ |

माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद ३८ लाख ५१ हजार १ सय रुपैयाँ  बरामद गरेको हो |

बरामद भएका नगद सहित संचालक र काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको  प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *