दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ५ गते।

दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ

बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा समस्या आएको जनाउँदै सरकारले भाडा बढाएको थियो । अब, दसैँमा उपत्यकाबाट घर जाने यात्रुहरूले सोही भाडादरअनुसार रकम तिरेर घर जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवले बताए ।

मन्त्रिपरिषद्को बैठकले भदौ २७ गते बढाएको २८ प्रतिशत भाडादर लागू भइसकेकाले दसैँमा सोही भाडादर लागू हुने सिटौलाको भनाइ छ । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नमिल्ने र महासंघले त्यस्तो काम नगर्ने बताए । भने, ‘हामी सरकारले तोकेको भाडादरमै दसैँमा यात्रु ओसार्छौँ । तोकिएभन्दा बढी भाडा लिन मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *