अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ११ गते।
मोटरसाइकललाई टिपरले ठक्कर दिँदा जनकपुरको पीडारीचोकमा एकजनाको मृत्यु भएको छ ।
जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४१ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास छन् ।
ठक्कर पश्चात् स्थानीयले टिपरमा आगो लगाएपछि पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।