सुनसरीमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि पीडितका आफन्त र प्रहरीबीच दोहोरो झडप

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असोज २४ गते।

सुनसरीमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि पीडितका आफन्त र प्रहरीबीच दोहोरो झडप भएको हो ।

झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ ।

लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए ।

कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *