अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,असोज २४ गते।
तेस्रो महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ संगठन नेपाल महिला परिवारको को बिशेष भेला काठमाडौँमा शनिबार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उद्घाटन गर्नु भएको बिशेष भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ । जसमा ७१ जना निर्बाचित भएका छन् भने बाँकि ३० जना पछि समितिले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि मनोनित गर्ने छ ।
कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए । दलका महामन्त्री बिनोद डाँगीले पार्टी स्थापना पश्चात भएका महत्वूर्ण कार्यक्रमको बारेमा जानकारी दिदै देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए । केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर अगाढि बढ्नु पर्नेमा जोड दिए ।
महिला परिवारको संयोजककमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह संयोजकमा केन्द्रीय सदस्य रिता महतो, महासचिवमा धर्मी भुसाल, प्रवतामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ निर्बाचित हुनु भएको छ।
त्यसैगरी निर्बाचित सदस्यहरुमा यनुका पौडेल, गायिका प्राश्ना पाण्डे, जानकी गुरुङ, फ्लोरामी पौडेल, मेरिजेंन थापा, शान्ति खनाल, शान्ति अधिकारी, रिचेल कोइराला, फियोना सुर्खेती, पुनम डंगोल, रुपा थापा, इन्दिरा कंडेल, डिभाइन भण्डारी, सिता लिम्बु, अम्बिका पराजुली पन्त, समिक्षा पौडेल, सुमित्रा थापा, प्रतिमा लामा श्रेष्ठ, सरस्वती चित्रकार, गोमा ढकाल, सरिता ओझा, सरस्वता अधिकारी, बिनिता पन्त, रन्जिता यादव, रमा महतो, आरती झा, पार्बती गुरुङ, मैया अधिकारी, सीमा खान, टोल्मा लावङ, सरिता पौडेल, सरिता थापा डाँगी, अन्जु राजबंशी, गायत्री राजबंशी, सुकमती राजबंशी, बिन्दा गौतम, ललिता श्रेष्ठ, सुनिता थापा, बालकुमारी कार्की, हीरा नेपाल, जीवन कुमारी चौधरी, ध्रुब पाण्डे, सीता देबी ढकाल, टीका थापा दाहाल, मारिभिक तिम्सिना, सकुन्तला रानामगर, सपना के. सी. बोहरा, रचना थापा, कौसी चदरा, सम्झना खड्का थापा, लक्ष्मी देबी नागरी, रमा चन्द मल्ल, सरस्वती जोशी, रेखा साउद, कुन्ती भट्ट, निर्मला बोगटी, लक्ष्मी साउद, यशोदा जोशी, निर्मला भट्ट, कमला के. सी., निर्मला भण्डारी, राधिका ढकाल, अन्जना रिजाल, बिमला बुढाथोकी, कमला पराजुली, हरिकला गुरुङ, ज्योति सिम्खडा, ओकि किमोची बिस्ट लगाएत हुनुहुन्छ।
त्यसैगरि सल्लाहकार समितिमा प्राध्यापक डाक्टर जीवन श्रेष्ठ, प्राध्यापक डाक्टर भगवती उपाध्याय, ब्लेसी गाडन ढकाल, प्राध्यापक लालकुमारी गुरुङ, चुनेको न्यौपाने, गायिका सबिना कार्की लगाएत हुनुहुन्छ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए । पूर्वमन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने बताए । ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने बताए ।
नेता ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने मा जोड दिए ।
नेता ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन जना महिलाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए । उनीहरुलाई अध्यक्ष ढकालले माला र टिका लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा शुभकामना दिदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम सभासद कौशल शाहले मुलुक परिर्वतन हैन देशमा भएका संरचनाहरुमा परिर्वतन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुरयाएको योगदानको चर्चा गर्नु भयो ।
कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद मिलन कुमारी राजबंशीले शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बताईन । सभासद राजबंशीले महिला परिवारको प्रतिबेदन बाचन गर्नुभएको थियो परिवार दलका केन्द्रिय सदस्यहरु रिता महतो, अधिबक्ता दयाराम कंडेल लगाएतले बोल्नु भएको थियो । परिवार दलले देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।
सो बिशेष भेलामा दलका केन्द्रीय सदस्यहरु, बिभिन्न भातृसंगठनका प्रमुखहरु लगायत दशैभरीबाट सयौको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो।