नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालद्धारा राजीनामा दिने घोषणा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २४ गते।

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् ।

मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेपीरहेका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *