अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २४ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ९५ हजार १९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ७ लाख ७६ हजार ८ सय १४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।