अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,असोज २४ गते।
लागुऔषधसहित सिरहाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, सोही ठाउँका वर्ष २६ को वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने वर्ष १९ को निकित कुमार रहेका छन् ।
सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔषध ३ सय थान बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।