देशभरि हल्कादेखि मध्यम वर्षा हुदै, वर्षा बुधबारसम्म जारी रहने सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भएको छ ।   

महाशाखाका अनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने छ । साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै वर्षाबाट हुन सक्ने बाढीपहिरोजन्य विपद्बाट सतर्क रहन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *