लगातार परेको पानीले महाकाली र कर्णाली नदीमा बाढी

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक २ गते।

लगातार परेको पानीले महाकाली र कर्णाली नदीमा बाढी आएको छ।

महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो ।

महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।

कंचनपुरमा पनि महाकालीको बहाव तीन लाख क्युसेक नाघेको छ। यस्तै महाकाली र कर्णाली नदी अन्तर्गत पर्ने बैतडी, डडेल्धुरा, डोटीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ।

महाकाली नदीमा पानीको बहाव बढ्दै जान थालेपछि नगरपालिकाले दमकलको सहायतामा साइरन बजाएर तटीय क्षेत्रका बासीन्दालाइ सुरक्षित रहन आग्रह गरी राखेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय मिलेर बाढी पसेको क्षेत्रबाट स्थानियलाइ सुरक्षीत ठाउँमा सारी राखेका छन् ।

भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *