अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ७ गते।
कोरोनाविरुद्धको १ लाख ६२० डोज फाइजर खोप भोलि काठमाडौ आइपुग्ने जनाएको छ ।
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकाले यसअघि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ ।
स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी पनि अघि बढाएको छ । उक्त खोप १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने भनिएको छ भने कार्तिक २८देखि फाइजर खोप लगाउने सरकारको तयारी छ ।