अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १३ हजार २५८पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ।