दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर १ गते।  

दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

वायु प्रदूषण बढेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार (आज) यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् ।

दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *