आज थपिए ३०८ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १५ हजार ७०९ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ९ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३०८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १५ हजार ७०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १ हजार ४२०जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *