जनकपुरको राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर ९ गते।

जनकपुरको राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ परेका छन् ।

बिगत ४ महिनादेखि स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरु विश्वविद्यालयको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने गरेका छन् । तर विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर फोड्ने गरेका छन् ।

सोही क्रममा प्रहरी र आन्दोलित शिक्षकबीच तनाब भएपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *