४ जना सहित लागु औषध बोकेको २ ट्रक पर्सा प्रहरीद्धारा बरामद

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,मंसिर १० गते।  

प्रहरीले  लागू औषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यलय पर्साले विशेष सुचनाको आधारमा  वीरगंज महानगरपालिका वडा नम्वर २५ बहुअरी सडक खणडमा खटिएको प्रहरी टोलीले ड्राईपोर्टवाट परवानीपुरतर्फ जादै गरेको बा ३ ख ८८०८ नम्बर प्लेट भएको ट्रकलाई रोकी   रितपुर्बक चेक जाँच गर्दा ऊक्त ट्रकको सिटमुनीको  बोरा भित्र लुकाई छुपाई लागु औषध कोरेक्स २३३ बोतल सहित २ जनालाई नियन्त्रणमा लिएको छ।

 त्यसै गरि सोही ठाऊमा ना ५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी चेक चाँज गर्दा लागु औषध कोरेक्स ५४ बोतल गरी जम्मा गरि २७७ बोतल सहित ४ जनालाई पक्राउ गरेको प्रहरी नायब  उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

 पक्राउ पर्नेमा मकवानपुर मनहरी गपा वडा नम्बर ७ बस्ने बर्ष ३७ को अनुप बर्तोला , सो वडा को बर्ष ४५ को राजु बस्नेत, सो जिल्ला हटौडा उमनपा वडा नम्बर ६ बर्ष ३१ को प्रमोद श्रेष्ठ , त्यसैगरी झापा जिल्ला मेची नपा वडा नम्बर ७ का बर्ष ५० गोपाल थापालाई  नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला  प्रहरी कार्यलय पर्साको प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *