धनगढीमाईको अस्पतालका लागि १५ बेडको नयाँ भवन बन्ने

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर ११ गते।  

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको छ।ढाई तल्ले भौतिक संरचना निर्माणका लागि  नगरपालिकाले मंगलवार दुईपक्ष बिच अन्तिम सम्झौता भएको थियो ।

२०७८ मंसिर ७ गते देखि  २ बर्षमा काम सम्पन्न हुनेगरी नगरपालिकाले कठमाण्डौको सिनर्जी सुवेदी कुलेश्वर – १४ लाई १४ करोड १७ लाखमा भ्याट सहित ठेक्का दिएको नगरपालिकाले जनाएको छ। ठेकेदार कम्पनीको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्दै  आधिकारिक प्रतिनिधि ईन्जिनियर दिपेन्द्र ठाकुरले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्।

नगर प्रमुख हरिनारायण चौधरी,प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले,ईन्जिनियर शम्भु यदव लगायतको उपस्थितिमा सम्झौता – पत्र हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *