आज थपिए २ सय ५५ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १६ हजार ८६४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १४ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १६ हजार ८६४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ०२ हजार ९०९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

One thought on “आज थपिए २ सय ५५ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १६ हजार ८६४पुग्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *