मुस्लिम दलितलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १४ गते। 

मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम दलित लगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्नु भएको

महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलित लगायतको समुदायले शिक्षामा जोड नदिए सम्म प्रदेशको विकास सम्भव नरहेको बताउनु यो ।

पिछडिएको समुदायलाई शिक्षामा अगाडी बढाउन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको उल्लेख गर्नु हुँदै उहाँले उक्त योजनाहरुको लाभ लिन सर्वसाधारणहरुलाई आग्रह समेत गर्नु भयो ।

वडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *