अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रन नदिन आवश्यक सतर्कता अपनाउने सरकारले निर्णय गरेको छ ।
ओमिक्रोनको सङ्क्रमण देखिएका देशबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी नयाँ आदेश मन्त्रिपरिषद् बैठकले जारी गरेको छ ।
नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाइएको छ ।