अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।
सर्वोच्च अदालतमा गोला प्रणाली आज देखि लागू हुँदै छ ।
योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।