भंन्सार छली गरी नेपाल भित्रीएका दुईवटा अबैध ट्रक फेला: सिरहाका प्रहरी प्रसासन मौन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर १५ गते।  

भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् । 

प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर  नेपाल भित्रिएको रहस्य खुलेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको  RJ19 E1428 र RJ06 EAO889 नम्बर  (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन्  ।

नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन्

पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने  ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , ‘सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।,

एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब  ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *