अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।  

अत्यावश्यक नपरी विदेश भ्रमणमा  नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै भरसक विदेश नजान आग्रह गरेको हो ।

बुधबार दिउँसो एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *