अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको छ ।