जापानले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू रोक्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर १५ गते।  

जापानले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो सङ्क्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको डरले दर्जनौंभन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *