राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, निर्मल निवासको नाङ्गो हस्तक्षेप: कमल थापा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।  

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। कमल थापाले एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

कमल थापाले सामाजिक सञ्जालमा रिस पोख्दै  लेखेका छन्। ” पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई छ ज्ञानेन्द्र वीर विक्रम शाह देव धन्यवाद। 

मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो।  सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *