रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा मटकोर विधि मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २१ गते।

रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा मटकोर विधि मनाइँदै छ ।

आजदेखि जनकपुरधामका नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

आज दिउँसो मिथिलाको परम्परा अनुसार जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

मटकोरमा प्रसादको रुपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गर्ने गरिन्छ । विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।

भोलि त्रेतायुगमा जस्तै सीता- रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन् ।

यस्तै प्रदेश २ सरकारले विवाह पञ्चमीको मुख्य दिन भोलि सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमीमा सहभागीले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । धनुषा प्रशासनले करिब ३ लाख मास्क वितरण गर्ने तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *